Mero Chitwan
जनताको चाहनाले मात्र विकास सम्भव भएको हो : प्रमुख दाहाल

भरतपुर : भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले विकासको पहिलो आधार भएकाले सडकलाई नै पहिलो प्राथामिकता दिनुपर्ने बताएकी छन् ।

नेपाल रेडक्रस सोसाइटी गीतानगर उपशाखाको नवनिर्मित भवनको उद्घाटन गर्दै दाहालले यस्तो बताएकी हुन् । जनताको जीवनस्तर सुधार गर्न सडक पूर्वाधारको महत्वपूर्ण भूमिका हुने उनले बताइन् । 

जनप्रतिनिधिको सक्रिय पहल र आमजनताको इच्छा चाहनाले मात्र भरतपुरको विकास सम्भव भएको मेयर दाहालले प्रष्ट पारिन् । ‘बजेट सजिलै आउँदैन’, उनले भनिन्,‘एक पटक गएर हुदैन। पटक पटकको पहल, सक्रियताले बजेट आउँछ । हिजोको दिनमा १० लाखको बजेट ल्याउन गाँउबाट डेलिगेशन जानुपर्ने अवस्था थियो । ’

रेडक्रस गीतानगरले मानवीय, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको  प्रशंसा गर्दै उनले  उपशाखा भवन निर्माणका लागि जग्गादाता जयलाल पौडेललाई धन्यवाद दिइन् । भरतपुर महानगरपालिका, स्थानीय चन्दादाताको सहयोगमा १४ लाख ८३ हजार रुपैयाँको लागतमा भवन निर्माण भएको हो ।

मेयर दाहालले भरतपुरको भगिनी सम्बन्ध स्थापना भएको जापानको यकोसुका सहरबाट ५्६ वटा एम्बुलेन्स सहयोग आउन लागेको र एक थान गीतानगर उपशाखालाई प्रदान गरिने बताइन् । रेडक्रसको जिल्ला भवन निर्माण गर्न महानगरबाट सहयोग भएको र गैरआवासीय नेपाली सघ एनआरएनएबाट सहयोग भएको रक्त सञ्चार एम्बुलेन्स पनि हस्तान्तरण गरिएको बताइन् ।

 

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update