गायक प्रकाश तिमिल्सिनाको निधन
काठमाडौँ-गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ। हिजो साँझ भैँसेपाटीस्थित डेरामा अचेत अवस्थामा फेला परेका उनलाई तत्काल पाटन अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए।
तिमिल्सीनाको शव आज बिहान ८ बजे सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान नक्साल भगवती बहालमा अन्तिम श्रृद्धान्जलीका लागि राखिने र अन्तिम संस्कार पनि आजै पशुपति आर्यघाटमा गरिने जनाइएको छ ।
‘नेपाली तारा’ मार्फत् सङ्गीत क्षेत्रमा उदाएका दृष्टिविहीन गायक तिमिल्सिनाले ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ’, ‘नमान लाज यसरी’, ‘नआए नि हुन्थ्यो’ लगायतका दर्जनौँ गीत गाएका थिए ।
२०४५ सालको भूकम्पपछि सप्तकोशीमा आएको बाढीले सुनसरीको आफ्नो घरसंगै बुवा–आमालाई समेत गुमाए पनि उनी बाँच्न सफल भएका थिए ।
प्रकाशित मिति: आइतबार, साउन २७, २०८१ ०७:०७
प्रतिक्रिया दिनुहोस्