Mero Chitwan
बीपी क्यान्सर अस्पतालमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी सेवा सुरु

चितवन- चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी सेवा शुभारम्भ गरिएको छ। मेसिन जडान गरेसँगै शुक्रबार यो प्रविधिबाट तीन वटा शल्यक्रिया गरिएको छ।

अत्याधुनिक थ्युलियम फाईबर लेजर (टिएफएल) मेसिनबाट शल्यक्रिया गर्दा बिरामीलाई धेरै फाईदा हुने अस्पतालका उपनिर्देशक एवं युरोलोजिष्ट डा उमेश नेपालले बताए। युरोलोजी सेवाको पछिल्लो प्रविधि (लेटेस्ट टेक्नोलोजी) भएकाले सेवाको समयसापेक्ष स्तरोन्नती हुने डा. नेपालको भनाइ छ।

 

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  ०८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update