Mero Chitwan
ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना हुँदा ६२ जनाको मृत्यु

एजेन्सी- ब्राजिलको साओ पाउलोमा एक विमान दुर्घटना हुँदा ६२ जनाको मृत्यु भएको छ।

ब्राजिलको दक्षिणी राज्य परानाको कास्काभेलबाट साओ पाउलो सहरका लागि उडेको भोएपास एयरलाइन्सको ट्विन इन्जिन टर्बोप्रप विमान भिन्हेडो सहरमा खस्दा विमानमा रहेका ५८ यात्रु र ४ चालक दलका सदस्य सबैको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । 

जहाज आवासीय भवनको कम्पाउन्डमा जहाज खसेको र स्थानीयलाई भने केी नभएकाे जनाइएको छ । तर जहाजमा रहेका कसैलाई पनि जीवितै उद्धार गर्न नसिकएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । 

सामाजिक सञ्जालमा भाइरल बनिरहेको उक्त विमान दुर्घटनाको भिडियोअनुसार जहाज एक चक्कर लगाएर धुँवाको मुस्लो उडाउँदै दुर्घटना भएको छ ।

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  ०६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update