Mero Chitwan
भरतपुर अस्पतालको एमआरआई सेवा पुन: सुरु

चितवन- चट्याङ लागेर बिग्रिएपछि बन्द भएको भरतपुर अस्पतालको एमआरआई सेवा पुनः सुरु भएको छ । मेशिन मर्मत गरेसँगै एमआरआई सेवा  बिहीबारदेखि  पुनः  सञ्चालनमा आएको अस्पतालले जनाएको छ । साउन १६ गते एमआरआई मेसिनको एमप्लिफायरमा चट्याङका कारण बिग्रिएको थियो ।

जर्मनीमा बनेको मेसिन गत जेठ २३ गते अस्पताल ल्याइएको थियो । असार २५ गतेदेखि एमआरआई सेवा सुरु गरिए पछि दैनिक १८ जनासम्मले एमआरआईको सेवा लिँदै आएका थिए । 

 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  २१:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update