Mero Chitwan
टीआरसी विधेयकः तीन दलीय कार्यदलले बुझायो शीर्ष नेतालाई प्रतिवेदन

काठमाडौंः सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति जुटाउन गठित कार्यदलले सहमति जुटाएर तयार पारेको प्रतिवेदन आज शीर्ष नेतालाई हस्तान्तरण गरिएको छ । 

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यदलले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सहमतिको लिखित प्रतिवेदन बुझाइएको हो । 

शीर्ष नेताले प्रतिवेदन अध्ययन गरेर आवश्यक सुझाव दिएपछि मानवअधिकार समितिमार्फत अघि बढाउने तयारी छ । साउन २९ गते संसदमा विधेय पेश गर्ने तयारी रहेको छ । प्रतिवेदन बुझ्दै शीर्ष नेताहरुले प्रतिवेदन शान्ति प्रक्रियामा कोशे ढुंगा साबित हुने बताए ।

सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति जुटाउन एमालेबाट बर्तौला, कांग्रेसबाट गृहमन्त्री समेत रहेका नेता रमेश लेखक र माओवादी केन्द्रका नेता जनार्दन शर्मा रहेको कार्यदल गठन भएको थियो ।

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update