Mero Chitwan
बंगलादेशको अन्तरिम सरकार प्रमुखमा नाेबेल पुरस्कारविजेता युनुस नियुक्त

एजेन्सी–बंगलादेशको अन्तरिम सरकार प्रमुखमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुस नियुक्त भएका छन् । उनलाई मंगलबार नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

राष्ट्रपति मोहम्मद शहाबुद्दिनले विभेदविरुद्धको विद्यार्थी अभियानका संयोजकहरुसँग छलफल गरेपछि उक्त निर्णय गरेको जनाइएको छ ।

मन्त्रिपरिषद्का बाँकी सदस्यहरु भने राजनीतिक दलहरुसँगको छलफलपछि निर्णय गरिने ढाका ट्रिब्युनले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update