ब्वाँसोलाई धेरैले नराम्रो, मासुमात्रै खाने, ज्यादा हिंश्रक भनेर चिन्छन् । तर यिनीहरुसँग एकदमै राम्रा बानी हुन्छन् । जस्तो-यिनीहरु सिनो खाँदैनन् । आजिवन एउटै पति वा पत्नीसित बस्छन् । यी एक पति एक पत्नी वा एकल वैवाहिक श्रेणीका जीव भएकाले धोका दिँदैनन् ।
यस्तै आफ्नो जोडीमा एकको मृत्यु भएमा अर्को एक्लै बस्छ । आफ्ना बालबच्चालाई राम्रोसित चिन्छ, हुर्केर अन्यत्र लागेपछि पनि । यो मात्रै एउटा यस्तो जनावर हो जसले बुढेसकालका आफ्ना बाउ आमालाई मद्दत गर्छ । उनीहरूलाई खानेकुरा ल्याउँछ। अनुसन्धानले भनेको छ- ब्वाँसोलाई कसैले मार्न लाग्दा उसले त्यो मार्नेको तबसम्म आँखामा हेरिरहन्छ जबसम्म उसको आत्माले छोड्दैन ।
ब्वाँसो कुकुरकै पूर्खा भएपनि कुकुरभन्दा २५ प्रतिशत बढी बौद्धिक हुन्छ । यो मात्रै यस्तो जनावर हो जसलाई तालिम दिँदा पालना गर्दैन । ब्वाँसाहरुले सोच्छन् । सपना देख्छन् । योजना पनि बनाउँछन् । समूहमा एकअर्कासँग धेरै बौद्धिक रूपको कुराकानी पनि गर्छन् ।
बच्चा जन्माउँदा दृष्टिविहीन र कान नसुन्ने भएकाले सोच्नुस्, कति गाह्रो हुन्छ होला जोगाउन र हुर्काउन ? मान्छेले हत्तपत्त आफू मरेर अर्कोलाई बचाउँछ ? ब्वाँसाहरु आफ्नो समूह, परिवारका लागि ज्यान दिन्छन् । एउटा समूह अर्कोको नजिक पर्दा को बलियो, लड्ने कि नलड्ने भन्ने कुरा ती उर्लेर कराउने आवाजले निस्चित हुन्छ । त्यो आवाजमा त्यो समूहको परिचय, शक्ति लुकेको हुन्छ ।
शिकारी जीव भएकाले शिकार गर्न हिँडिरहनुपर्यो । त्यसैले यी भयंकरका यात्री पनि हुन् । खाँचो नपर्दा ८ किमीको दरले (सालाखाला) दगुर्ने । साँच्चै बँच्नुपर्दा, शिकारलाई हान्नुपर्दा ६०, ६२ किमी प्रतिघण्टासम्म दगुर्नसक्ने अचम्मको प्राणी । रातमा पनि छर्लङ्गै देख्ने, सुँघ्ने र सुन्ने झन राम्रो क्षमता भएको । प्रजाति अनुसार आनीबानी पनि फरक फरक तरिकाले बिकास गरेका जीव । [ वन्यजन्तुविद् सापकोटाका वन्यजन्तुसम्बन्धी पुस्तकहरु प्रकाशित छन्]