Mero Chitwan
पेरिस ओलम्पिक : नेपालका प्रिन्स दाहाल र स्यान्टु श्रेष्ठ पहिलो खेलमै पराजित

काठमाडौं-पेरिस ओलम्पिक २०२४ अन्तर्गत नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल समूहको पहिलो खेलमा पराजित भएका छन् ।

समूह 'पी' मा रहेका प्रिन्स विश्व वरियतामा दोस्रो स्थानमा रहेका डेनमार्कका भिक्टर एक्सेलसनविरुद्ध सोझो सेटमा पराजित भएका हुन् ।

एक्सेलसनविरुद्ध २८ मिनेट मात्र कोर्टमा टिक्न सकेका प्रिन्स ८-२१ र ६-२१ सेटमा पराजित भएका हुन् । एक्सेलसन २०२० टोकियो ओलम्पिकअन्तर्गत पुरुष एकल तर्फका स्वर्ण पदक विजेता समेत हुन् । समूह चरणमा अब प्रिन्सले मंगलबार ४३ औं वरियताका आयरल्यान्डका नियात नुयनसँग खेल्ने छन् भने समूहको अन्तिम खेलमा बुधबार इजरायलका ५९औं वरीयताका मिसा जिल्वरमनको सामना गर्नेछन् । पूर्व विश्व जुनियर नम्बर एक प्रिन्स हाल विश्व वरियताको १ सय ७२ औं स्थानमा छन् ।

गए राति नै सम्पन्न अर्को खेलमा नेपालका टेबल टेनिस स्टार स्यान्टु श्रेष्ठ सोझो सेटमा पराजित हुँदै पेरिस ओलम्पिक २०२४ बाट बाहिरिसकेका छन् । आज सुटिङमा नेपालीकी सुष्मिता नेपालले १० मिटर एयर राइफलमा दिउँसो १ बजे आफ्नो चुनौती प्रस्तुत गर्ने छिन् भने पौडी फ्रि-स्टाइलमा डुवाना लामाले ३ बजेर ५० मिनेटमा हिट चरणमा प्रतिस्पर्धा गर्ने गर्ने छ

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ०८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update