Mero Chitwan
पेरिस ओलम्पिकको भव्य उद्घाटन [तस्विरहरु]

एजेन्सी–फ्रान्सको राजधानी पेरिसमा खेलकूदको महाकुम्भ ओलम्पिक उद्घाटन गरिएको छ । 

ओलम्पिक इतिहासमै पहिलोपटक ओलम्पिक स्टेडियमबाहिर उद्घाटन समारोह भएको हो। पेरिसको सेन नदीमा आयोजित समारोहमा विश्वभरका राष्ट्र तथा सरकार प्रमुख, खेलाडी, राजनीतिज्ञ, सेलिब्रिटीहरु तथा सर्वसाधारण सहभागी थिए ।

समारोहमा लेडी गागा तथा सेलिन डियोनले सांगितिक प्रस्तुति दिएका थिए । फ्रान्सका स्प्रीन्टरर मारी जोस पेरेस र जुडोका टेड्डी रिनरले ओलम्पिक टर्च जलाएका थिए । खेलाडीहरुले डुंगामा बसेर सेन नदीमा मार्च पास गरेका थिए ।

पेरिस ओलम्पिकमा विश्वका २ सय ६ मुलुकका १० हजार ७१४ खेलाडीले ३२ खेलको ३२९ इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् भने ४५ हजार सुरक्षाकर्मीहरु परिचालित गरिएका छन् । विश्वभरका शरणार्थीहरुका लागि अलग्गै टिम खडा गरिएको छ ।

पेरिस ओलम्पिकको उद्घाटन समारोहको मार्च पासमा नेपालको झण्डा टेबलटेनिसका श्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले बोकेका थिए । उद्घाटन समारोहमा नेपाल, नामिबिया र नाउरको खेलाडीहरु एउटै डुङ्गामा चढेका थिए ।  

011-1722045298.JPG

o1-1722045299.JPG

o2-1722045300.JPG

o3-1722045301.JPG

o4-1722045303.JPG

o5-1722045304.JPG

o6-1722045305.JPG

o8-1722045307.JPG

o7-1722045307.JPG

o10-1722045308.JPG

  

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  ०७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update