Mero Chitwan
पौडी खेल्ने क्रममा खोलाले बगाउँदा २ किशोरीको मृत्यु

दैलेख-दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा डुबेर एकै परिवारका दुई किशोरीको मृत्यु भएको छ ।  

दैलेख महाबु गाउँपालिका ३, बाँसी घर भएका १५ वर्षीया सपना बुढा र १३ वर्षीया भावना बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नातामा सपना फुपू हुन् भने भावना भतिजी ।

गोठाला गएका किशोरीहरु छामघाटको कुन्टामा पौडी खेल्दै गर्दा बगेकामा झन्डै पाँच सय मिटर टाढा काफलखेतनजिक सपना र करिब ३ किलोमिटर टाढा जडेपिपलनजिक भावनाको शव फेला परेको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  २३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update