Mero Chitwan
विश्वप्रसिद्ध चेन होटल हिलटन काठमाडौंमा सुरु [तस्बिरहरु]

काठमाडौँ-विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय चेन होटल हिलटनले काठमाडौँमा पहिलो पटक सेवा सुरु गरेको छ । 

नक्सालमाा निर्माण भएको यो होटल शङ्कर ग्रुपले आठ अर्ब लगानीमा निर्माण गरेको हो । सात वर्षअघि निर्माण सुरु भएको हिलटन होटलमा एक सय ७४ रुम छन् । अन्तर्राष्ट्रिय चेन होटल हिलटन विभिन्न २४ वटा ब्राण्डमा सञ्चालित छ । हाल हिलटनका ब्राण्ड विश्वका १२६ देशमा फैलिएको छ । 

होटलको शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका हुन् । त्यसअवसरमा उनले होटलले विदेशी पर्यटक बढाउन सहयोग गर्ने विश्वास व्यक्त गरे । 

 'हिलटन होटल सञ्चालनमा आएपछि मुलुकको पर्यटन तथा आतिथ्य क्षेत्रमा महत्वपूर्ण योगदान गर्नेमा विश्वस्त छु', उनले भने । 

7-1722012651.JPG

8-1722012650.JPG

6-1722012648.JPG

4-1722012647.JPG

5-1722012647.JPG

2-1722012645.JPG

3-1722012645.JPG

 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  २२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update