Mero Chitwan
भीमेश्वर मन्दिरमा गरियो क्षमापूजा

दोलखा : भीमेश्वरको शिलामा एक सातामै दुईपटक ‘पसिना’ आएपछि क्षमापूजा गरिएको छ ।

राष्ट्र प्रमुखका तर्फबाट शुक्रबार भीमेश्वरमा क्षमापूजा गरिएको हो । भीमेश्वर मन्दिर तथा गुठी व्यवस्थापन समितिका सचिव रोजेन्द्र श्रेष्ठका अनुसार देश र जनताई कुनै क्षति नहोस् भन्ने कामनाका साथ राष्ट्र प्रमुखका तर्फबाट क्षमापूजा गरिएको हो ।

भीमेश्वर मन्दिरमा परिसरमा होम यज्ञ, ग्रह शान्ति, मंगल शान्तिलगायत लघुरुद्री पूजासहित क्षमापूजा गरिएको उहाँले बताउनुभयो । मन्दिरमा राष्ट्रप्रमुखका तर्फबाट प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको नेतृत्वमा क्षमापूजा गरिएको उहाँले जानकारी दिनुभयो ।

राष्ट्रपतिको कार्यलयबाट पठाइएको पूजा सामग्री गृह मन्त्रालय हुँदै प्रशासन कार्यालयमा पठाइएको थियो । क्षमापूजाको प्रसाद पुन: राष्ट्रपतिलाई पठाइनेछ । भीमेश्वरको शिलामा गएको साउन ५ र ९ गते ‘पसिना’ आएको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  २०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update