Mero Chitwan
किम जोङकी छोरी उत्तर कोरियाको सम्भावित उत्तराधिकारी !

एजेन्सी : उत्तर कोरियाली नेता किम जोङ-उनकी कान्छी छोरी किम जु ए उनको उत्तराधिकारी घोषणा हुने अनुमान गरिएको छ । दक्षिण काेरियाली  गुप्तचर निकायले  किमकी कान्छी छोरीले किमपछि त्यहाँको शासन सम्हाल्ने अनुमान गरेको हो । 

किम आफ्ना बाबुसँग मिसाइल परीक्षण तथा सैन्य परेडका अवसरमा देखिएकी थिइन् । उनी पहिलोपटक सन् २०२२ को अन्त्यमा सार्वजनिक रूपमा देखिएकी थिइन् । किम जोङले छोरीलाई साथै लिएर हिड्न थालेपछि उत्तराधिकारी बनाउन खोजिएको बताइन्छ । उत्तर काेरियामा लामो समयदेखि पितृसत्तात्मक शासन चल्दै आएको छ ।यस्तो अवस्थामा छोरीलाई उत्तराधिकारी बनाएर परिवर्तनको संकेत गरेको पश्चिमा सञ्चारमाध्यमले जनाउने गरेका छन्। 

सन् २०१३ मा अमेरिकी बास्केटबल स्टार डेनिस रोडम्यानले उत्तर कोरियाको विवादास्पद यात्रा गरेपछि पहिलो पटक उनकी छोरीको बारेमा चर्चा भएको थियो। उत्तर कोरियाली नेताले आफ्नो परिवार बारेका जानकारी गोप्य राख्छने गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update