दोलखाको भीमेश्वरको शिलामा पुनः पसिना
दोलखा : दोलखाको प्रसिद्ध भीमेश्वको शिलामा पुनः पसिना आएको छ । बुधवार दिउँसो १२:४५ बाट शिलामा पसिना आएको भीमेश्वर मन्दिर गुठि तथा पुजा व्यवस्थापन समितिका कोषाध्यक्ष सुरेश श्रेष्ठले बताए ।
गत शनिवार पनि भीमेश्वरको शिलामा दुईपटक पसिना आएको थियो । भीमेश्वरको शिलामा पसिना आउँदा मुलुकमा कुनै न कुनै उथलपुथल या अनिष्ट हुने जनविश्वास रहदै आएको छ ।
नेपालमा ठूलाठूला सकारात्मक वा नकारात्मक परिवर्तनहरु, अनिष्टका घटनाहरुको पूर्वसूचकको रुपमा लिइने भीमेश्वरमा पसिना आउँदा भक्तजनहरु भेला भएर घण्टी बजाउने, धूप बत्ति गर्ने र मन्दिरका मुख्य व्यक्तिहरुले पंखाले हम्कने गर्छन् ।
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१ १६:१५
प्रतिक्रिया दिनुहोस्