विमान दुर्घटना : प्रधानमन्त्री ओली घटनास्थलमा
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरलाईन्सको विमान दुर्घटना भएपछि घटनास्थल तर्फ प्रस्थान गर्नु भएको छ ।
काठमाडौंबाट पोखरा विमानस्थलमा परीक्षण उडानका लागि आफ्नै प्राविधिक कर्मचारी लिएर काठमाडौं विमानस्थलबाट पोखराकालागि उडान भर्ने क्रममा उक्त विमान काठमाडौंं विमानस्थलमा दुर्घटना भएको थियो ।
बिमानमा ३ उडान कर्मचारी र १९ एयरलाईन्सका कर्मचारी रहेका थिए । दुर्घटनाको अवर पाउनासाथ गृह मन्त्री रमेश लेखक बिमानस्थल पुग्नु भएको थियो । उहाँले उद्धारमा कुनै कमी हुन नदिन सुरक्षा निकायलाई निर्देशन दिनु भएको थियो ।
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१ १३:३४
प्रतिक्रिया दिनुहोस्