काठमाडौं : काठमाडौंबाट पोखराको लागि उडान भर्ने क्रममा रहेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा त्यसमा सवार मध्ये १८ यात्रीको शव फेला परेको विमानस्थल कार्यालयले जानकारी दिएको छ। काठमाडौंबाट पोखराको लागि उडान भर्ने क्रममा रहेको सौर्य एयरलाइन्सको विमान बिहान ११ बजे काठमाडौंबाट मर्मतका लागि पोखरातर्फ उड्ने बित्तिकै विमान धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको थियो । जहाज पूर्णरुपमा क्षतविक्षत भएको छ ।
विमानका क्याप्टेन मनिषरत्न शाक्य र सहक्याप्टेन एस कटुवाल छन् । त्यसैगरी, विमानमा रहेका अन्य १७ जना सौर्य एयरलाइन्सका कर्मचारी हुन् । विमानमा अमितमान महर्जन, सागर आचार्य, दिलिप वर्मा, मनुराज शर्मा, अस्विन निरौला, सुदीपराज जोशी, सर्वेस मरासिनी, श्याम विन्दूकर, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा र अधिराज शर्मा छन् ।
त्यसैगरी उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र विदेशी नागरिक अरिफ रेडा छन् । यी सबै सौर्य एयरलाइन्सका कर्मचारी हुन् ।