Mero Chitwan
६ अर्ब बक्यौता नतिरेका उद्योगको लाइन जोडेपछि प्रधानमन्त्रीले भने–नियमअनुसार नै बक्यौता उठाइन्छ

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी नियमअनुसार विद्युत् बक्यौता उठाइने बताएका छन्। 

 सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीले विद्युत्को बक्यौता पनि उठाउनुपर्ने र उद्योग पनि चलाउनुपर्ने उल्लेख गरेका हुन्। 

  'हामीलाई उद्योगबाट बक्यौता उठाउनु छ, उद्योग पनि चलाउनु छ, त्यहाँका मजदुरको रोजगारी पनि जोगाउनु छ र कूल गार्हस्थ्य उत्पादन पनि बढाउनु छ', ओलीले लेखेका छन्। 

 यस विषयमा सरकार र विद्युत् प्राधिकरणका बीचमा बाहिर आएजस्तो कुनै मतभेद नरहेको पनि ओलीले प्रष्ट पारेका छन् । अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट र जगदम्बा सिन्थेटिक उद्योगमा काटिएको विद्युत् लाइन  जोडिएको उनले जनाएका छन्। 

६ अर्बभन्दा बढी बक्यौता नतिरेपछि ती उद्योगको लाइन प्राधिकरणले काटेको थियो। तर व्यवसायीले लबिइङ गरेपछि सरकारले जोड्न निर्देशन दिएको  थियो। पहिले आनाकानी गरेपनि प्राधिकरणले आज लाइन जोडेको हो । बक्यौता नतिरेका उद्योगको लाइन जोडेको भन्दै विवाद भएपछि ओलीले सरकारको धारणा स्पष्ट पारेका हुन् । 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  २२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update