Mero Chitwan
उपसभामुखको भिसा सिफारिस विवादमा मुकुल ढकालले भने–आर्थिक लेनदेन भएको छ, छानबिन हुनुपर्छ

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले उपसभामुख इन्दिरा रानाको भिसा सिफारिस विवादमा आर्थिक लेनदेन भएको दाबी गर्दै त्यसको छानबिन हुनुपर्ने बताएका छन् ।

आज बिहान सामाजिक सञ्जालमा लेख्दै उनले उपसभामुखको विषय पार्टीमात्र नभई देशकै प्रतिष्ठासँग जोडिएको राज्यको उपल्लो तहको विषय भएकाले यसमा छानविन हुनपर्ने बताएका हुन् । ‘मलाई प्राप्त सूचना र प्राप्त प्रमाणका आधारमा, म यति भन्न सक्छु , आर्थिक लेनदेन भएको कुरालाई इन्कार गर्न सकिन्न,’ उनले भनेका छन् ।

ढकालले एक वर्षअगािड उपसभामुख सचिवालयले अमेरिका पठाइदिने भन्दै पीडितसँग पैसा लिएको  र अमेरिकाको भिसा नलागेपछि कहिले बेलायत त कहिले अर्को कुनै देश पठाइदिने भन्दै उपसभामुख सचिवालयले अलमलाएका कारण आफ्नो पैसा फिर्ता गराइदिन भन्दै पीडित पार्टीको सम्पर्कमा आएको पनि उनले उल्लेख गरेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update