काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सहि कुरामात्र बोल्न आग्रह गरेका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा संसदमा गलत कुरा नबोल्न सांसदहरुलाई आग्रह गरेका हुन् ।
यस गरिमामय सभामा हामीले बोल्दा भएका कुरा बोल्ने गरौं, सही कुरा र तथ्ययुक्त कुरा बोल्ने गरौं । जथाभावी बोल्ने नगरौं झुटको सहारा नलिऊँ । असभ्य तरिकामा प्रस्तुत नहोऊँ,’ ओलीले भने ।
‘उनले भने ,मैले हिजो बोल्दा विद्युत महसुल तिर्न पर्ने र नपर्ने भनिएका उद्योगी र प्राधिकरणबीचको विवाद संवादबाट टुंग्याउनुपर्छ भनेको हो । मैले शुल्क तिर्नुपर्दैन भनेर भनेको छैन । भ्रष्टाचारका विरुद्ध बोलौं, भ्रष्टाचार छोप्नका लागि अरुमाथि भ्रष्टाचारको आरोप नलगाउँ ।
उनले आइतबार संसदमा आफूले उद्योगीको विद्युत लाइन काटेको विषयमा बोलेको विषयलाई संसदमा गलत रुपमा प्रस्तुत गरिएको भन्दै आपत्ति जनाएका छन् ।