Mero Chitwan
प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै

काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् ।

नेपाली कांग्रेसको सहयोगमा गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीलाई एमालेसहित, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने भएका छन् । 

माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), राप्रपाले भने विपक्षमा मत हाल्ने निर्णय गरिसकेका छन् । 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  ०७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update