Mero Chitwan
सिमलताल दुर्घटना : आइपुग्यो भारतीय उद्धार टोली

काठमाडौँ —नारायणगढ-मुग्लिन सडककाे भरतपुर महानगरपालिका-२९ सिमलताल सिँदुरेगैराकाे लेदाे पहिराेमा बगेर सडकदेखि तल त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई वटा बस र त्यसमा रहेका यात्रुहरूकाे खाेजीका लागि भारतीय उद्वार टाेली चितवन आइपुगेकाे छ ।

भारतकाे राष्ट्रिय आपदा माेचन बल (एनडिआरएफ)का १२ जना प्राविधिक टाेली प्रविधिसहित खाेजीमा आएका हुन् । भारतीय टाेलीमा कुनाल तिवारी, ललित कुमार, रविशंकर सराेज, सुधिरकुमार सिंह, बहादुर नाथ, संदिपकुमार दुवे, बिक्रान्त कुमार, अबध किशाेर, हेमन्तकुमार यादव, मनाेजकुमार यादव, सुनिलकुमार सिंह यादव र लाेकेश कुमार रहेका छन् ।

टाेलीमा चारजना गाेताखाेर छन् । त्य्यसै गरि तीनवटा साेनार क्यामेरा छन् । भारतीय टाेली सात दिनसम्म खाेजीमा खट्ने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यदवले बताए । 

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update