Mero Chitwan
फुटपाथ विस्तारको विरोधमा काठमाडौंको न्युरोडमा प्रदर्शन

काठमाडौं : फुटपाथ विस्तारको विरोधमा काठमाडौंको न्युरोडमा प्रदर्शन भएको छ । काठमाडौं महानगर वडा नम्बर २२ का अध्यक्ष चिनकाजी श्रेष्ठको नेतृत्वमा प्रदर्शन भएको हो ।

उच्च अदालत पाटनले फुटपाथ विस्तार गर्न नरोक्नू भनि अन्तरिम आदेश दिएपछि महानगरले बुधबारदेखि पुन: काम थालेको थियो । आज बिहान डोजरले जुद्ध शालिकदेखि दक्षिण धर्मपथतर्फ खन्न थालेपछि स्थानीयले महानगर प्रमुख र नगर प्रहरीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

बिहानैदेखि प्रदर्शन भएपछि न्युरोड क्षेत्रमा ठूलो संख्यामा प्रहरी र नगर प्रहरी तैनाथ छन् । यसअघि गत जेठमा महानगरले फुटपाथ विस्तार सुरु गरेकामा सडक डिभिजन कार्यालय काठमाडौंले भत्काएर कालोपत्रे गरिएको थियो । त्यसपछि महानगर अदालत गएको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update