Mero Chitwan
प्रधानमन्त्री ओलीको मुख्य राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त

काठमाडौँ -प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन्। मन्त्रिपरिषद्को बिहीबारको बैठकले रिमाललाई मन्त्रीसरहको सल्लाहकार नियुक्त गरेको हो ।

यस्तै विकास सल्लाहकारमा युवराज खतिवडा नियुक्त भएका छन् । एमालेका उपमहासचिवसमेत रहेका रिमाल यसअघि पनि ‌ओली प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकार नै थिए । 

खतिवडा ओलीको यसअघिको कार्यकालमा अर्थमन्त्री थिए । अर्थमन्त्रीबाट हटेपछि उनी अमेरिकाका लागि राजदूत नियुक्त भएका थिए । खतिवडा पूर्व गभर्नर एवं राष्ट्रिय योजना आयोगको पूर्वउपाध्यक्ष समेत हुन् । यस्तै प्रमुख स्वकीय सचिवमा राजेश बज्राचार्य नियुक्त भएका छन् ।

 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  २१:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update