Mero Chitwan
पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट खसेका वृद्धको मृत्यु

चितवन: चितवनको पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट आज बिहान खसेका वृद्धको मृत्यु भएको छ । नवलपुरको हुप्सेकोट गाउँपालिका-२ घर भएका ७६ वर्षीय बलबहादुर खाम्चा मगरको मृत्यु भएको हो ।

बिहान १०ः४० बजे तेस्रो तलाको झ्यालबाट खसेर घाइते भएका मगरको सोही अस्पतालमा उपचारका क्रममा ११ः३० बजे मृत्यु भएको हो ।

पिसाब थैलीमा क्यान्सर देखिएपछि साउन २ गते अस्पतालमा भर्ना भई उपचार गराइरहेका मगर ब बाहिर निस्किने क्रममा आँखा नदेखेका कारण झ्यालबाट खसेको जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update