गुडिरहेको बसबाट धुँवाको मुस्लो निस्किएपछि…
काठमाडौँ : काठमाडौंको नयाँबानेश्वरमा गुडिरहेको एक बसबाट धुँवाको मुस्लो निस्किएपछि बसलाई रोकेर यात्रुहरुलाई ओरालिएको छ । इन्जिनबाट धुँवाको मुस्लो निस्किन थालेपछि बसलाई रोकेर यात्रुहरु ओरालिएको र मेकानिक्स बोलाएर मर्मतको काम भइरहेको प्रहरीले जनाएको छ।
भक्तपुरबाट काठमाडौंको रत्नपार्क जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९५५४ नम्बरको बस नयाँबानेश्वरस्थित संसद भवन नजिक आइपुग्दा धुँवैधुवाँ भएको थियो ।
प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१ १२:५०
प्रतिक्रिया दिनुहोस्