Mero Chitwan
अमेरिकी राष्ट्रपति जो बाइडनलाई कोरोना संक्रमण

एजेन्सी- अमेरिकी राष्ट्रपति जो बाइडनलाई कोरोना संक्रमण भएको छ । लस भेगासको भ्रमणमा रहेका बेला बाइडन कोरोना संक्रमित भएको ह्वाइट हाउसले जनाएको छ ।

८१ वर्षीय बाइडनको स्वासप्रस्वासमा समस्या देखिएपछि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । उनको अवस्था भने सामान्य रहेको ह्वाइट हाउसले जनाएको छ ।

कोरोना संक्रमित भए पनि स्वास्थ्य उपचारपछि पूर्व निर्धारित चुनावी र्‍यालीलाई सम्बोधन गर्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कोरोना संक्रमण देखिएपछि बाइडनलाई कोरोना खोपका साथ बुस्टर डोज पनि दिइएको छ । 

बाइडेनले आफूलाई आइसोलेसनमा राख्न डेलावेयरस्थित आफ्नो निजी निवासका लागि प्रस्थान  गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  ०८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update