Mero Chitwan
सिमलताल पहिरो : ज्यान गुमाएका भरतपुरका यात्रुका परिवारलाई महानगरले २ लाख सहयोग गर्ने

भरतपुर- नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगर-२९ सिमलतालमा बससँगै त्रिशूली नदीमा खसेर ज्यान गुमाएका भरतपुरका  यात्रुका परिवारलाई महानगरले किरिया खर्च स्वरुप २ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

भरतपुर महानगरपालिकाको आज बसेको कार्यपालिका बैंठकले पीडितका परिवारलाई किरिया खर्च स्वरुप २ लाख सहायता गर्ने निर्णय गरेको हो । 

गत असार २८ गते सिमलतालबाट बस त्रिशूलीमा बस खस्दा भरतपुर २२ पदमपोखरीका २३ वर्षीय सुदिप वि.कको मृत्यु भएको थियो। उनी वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा काठमाण्डौं जाँदै गर्दा दुर्घटनामा परेका थिए । 

उनको शव असार ३१ गते पूर्वी नवलपरासीको विनय त्रिवेणीबाट फेला परेको थियो। सिमलताल घटनामा चितवनबाट २ जना यात्रु परेका थिए। सुदिप विकसँगै काठमाडौं जाँदै गरेका माडी नगरपालिका-१ का विकास परियारको पनि मृत्यु भएको थियो। 

 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  २२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update