Mero Chitwan
चितवनमा रेलमार्ग सर्भे गर्न आएको टोलीलाई स्थानीयको अवरोध, गाडीमा समेत आगजनी

चितवन : चितवनमा रेलमार्ग सर्भे गर्न आएको टोलीलाई स्थानीयले  अवरोध गरेका छन् ।

सर्भे गर्न आएको आर एच कन्सल्टेन्सीको टोलीलाई महानगर ७ मा अवरोध गरिएको हो । उनीहरूले टोलीको गाडीमा समेत आगजनी गरेका छन् ।

सरकारबाट अनुमति लिएर आएको दाबी गरेको  कन्सल्टेन्सीको टोलीलाई स्थानीय बासिन्दाले गाडी र उपकरणसहित घेराउ गरेका हुन् कन्सल्टेन्सीले मंगलबार भरतपुर महानगरपालिका-८ मा सर्भे गरेको थियो । आज वडा नं- ७ मा सर्भे गर्दागर्दै  स्थानीय भेला भएर  नियन्त्रणमा लिएका हुन् ।

relmarg-1721209237.jpeg
 

कुनै सरकारी  सुचना बिना नै सर्भे गर्न थालिएको भन्दै स्थानीयले विरोध गरेका थिए ।चितवनमा पूर्व पश्चिम भएर जाने प्रस्तावित रेलमार्गे  बस्ती नै धरापमा पार्ने गरि बनाउन लागिएको भन्दै स्थानीय बासिन्दाले चरणबद्ध संघर्षका कार्यक्रम गर्दै आएका छन् ।

बस्तीलाई उजाड बनाएर रेल मार्ग लैजान नदिने र अहिले गरिएको सर्भे नै परिवर्तन गर्नुपर्ने माग उनीहरुले गर्दै आएका छन् । चितवनमा रेलमार्गको प्रस्तावित रुट भरतपुर महानगरपालिकाको वडा नं ८, ७ र ४ हुँदै नवलपरासीतर्फ जानेछ ।

यसअघि, भरतपुर महानगरपालिकाको पहलमा महानगरपालिकामा नै संघर्ष समिति र रेल विभाग तथा अन्य सरोकारवाला सरकारी निकायहरुका बीचमा छलफलसमेत गरिएको थियो ।

 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update