उच्च अदालतको आदेशपछि न्युरोडमा फुटपाथ बिस्तारको काम पुनः सुरु
काठमाडौं : काठमाडौं महानगरपालिकाले न्युरोडमा फुटपाथ बिस्तारको काम पुनः अघि बढाएको छ । उच्च अदालत पाटनले फुटपाथ विस्तारको काम अघि बढाउन बाटो खोलेपछि काठमाडौं महानगरपालिकाले आज बिहानैदेखि न्युरोडको सडक भत्काएर फुटपाथ बिस्तारको काम थालेको हो ।
महानगरले न्युरोडमा फुटपाथ विस्तार र सुधारको काम जेठ ११ गते थालेपछि डिभिजन सडक कार्यालयले अवरोध गरेको थियो । सडक डिभिजन कार्यालयले काम रोक्नका लागि जेठ १३ र १६ गते गरी दुई वटा पत्र महानगरलाई पठाएको थियो । डिभिजन कार्यालयले पठाएको पत्र अनुचित भन्दै जेठ २७ गते महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।
उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले आइतबार फुटपाथ विस्तारका लागि महानगरको पक्षमा अन्तरिम आदेश दिएको हो ।
प्रकाशित मिति: बुधबार, साउन २, २०८१ १२:०५
प्रतिक्रिया दिनुहोस्