Mero Chitwan
पिर्काले टाउकोमा हिर्काएर छ वर्षीय बालकको हत्या

सुनसरी : सुनसरीको वराहक्षेत्र नगरपालिका -३ विस्थापित टोलमा मङ्लबार ६ वर्षीय  बालकको हत्या भएको छ । मङ्लबार दिउँसो आफन्त पर्नेले पिर्काले टाउकोमा हिर्काएर गम्भीर चोट लागेको बालकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

घरमा खेलिररहेका ६ वर्षीय  बालकलाई आफन्त पर्नेले पिर्काले  हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

हत्यापछि फरार भएका अभियुक्तलाई घटना स्थल नजिकै रहेको बाङ्गे बजारबाट पक्राउ गरेको छ । आफन्त पर्ने ४५ वर्षीय वीर बहादुर विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 

 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update