Mero Chitwan
निक्षेपकाे ब्याजदर घटाउँदै बैंकहरु,कुन बैंकको ब्याजदर कति ?

काठमाडौं : निक्षेपको ब्याजदर घटाउँदै आएका बै‌कहरुले साउन महिनाका लागि पनि घटाएका छन् । । साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका २० वाणिज्य बैंकहरुले असार महिनाको तुलनामा अधिकांश बैंकहरुको ब्याजदर घटेको छ।

बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार गत असार महिनाको तुलनामा १३ बैंकहरुले साउन महिनाका लागि ब्याजदर घटाएका छन्। त्यस्तै ५ वटा बैंकले असार महिनाकै ब्याजदरलाई कायम गरेका छन् भने २ वटा बैंकहरुले ब्याजदर बढाएका छन्।

असारमा  व्यक्तिगत  तर्फको मुद्दती निक्षेपको औषत ब्याजदर ६.८७ प्रतिशत रहेको थियो। साउन महिनाका लागि बैंकहरुको व्यक्तिगत तर्फको मुद्दती निक्षेपको औषत ब्याजदर ६.७३ प्रतिशत रहेको छ। औषतमा बैंकहरुको ब्याजदर ०.१३ बिन्दुले घटेको छ।

त्यस्तै संस्थागतर्फ असार लागि बैंकहरुको मुद्दति निक्षेपको ब्याजदर ५.४७ प्रतिशत विन्दुमा झरेको छ। असार यस्तो ब्याजदर ५.६७ प्रतिशत रहेको थियो। यस अवधिमा बैंकहरुको अधिकतम औषत ब्याजदर ०.१९ प्रतिशत विन्दुले घटेको हो।

एभरेष्ट बैंक र कृषि विकास बैंकलभने साउन महिनाका लागि ब्याजदर बढाएका छन्। एभरेष्ट बैंकले व्यक्तिगत मुद्दती तर्फ ६.३ प्रतिशत र संस्थागत तर्फ ५.३ प्रतिशत ब्याज दिने भएको छ भने कृषि विकास बैंकले व्यक्तिगत मुद्दती तर्फ ६.२९ प्रतिशत र संस्थागत तर्फ ४.१ प्रतिशत ब्याज दिने भएको छ। नबिल बैंक, स्टान्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र नेपाल एसबीआई बैंकले भने असार महिनाकै ब्याजदरलाई साउनमा पनि निरन्तरता दिएका छन्।

यसका साथै ब्याजदर घटाएका अन्य बैंकहरुले साउनका लागि राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत तर्फ ६.२१ प्रतिशत र संस्थागत तर्फ ५ प्रतिशत ब्याज दिने भएको छ। ग्लोबल आईएमईले व्यक्तिगत मुद्दती निक्षेपमा ६.२५ प्रतिशत र संस्थागत तर्फ ५.२५ प्रतिशत ब्याज दिने भएको छ।
त्यस्तै नेपाल बैंकले व्यक्तिगत तर्फ मुद्दती निक्षेपमा ६.२५ प्रतिशत र संस्थागत तर्फ ४.२५ प्रतिशत, प्राइम कमर्सियलले व्यक्तिगत तर्फ ६.५ प्रतिशत र संस्थागतमा ५.५प्रतिशत ब्याज दिने भएको छ।

साउन महिनाका लागि कुमारी बैंकले व्यक्तिगत तर्फ ६.७१ प्रतिशत र संस्थागत तर्फ ५.५६ प्रतिशत ब्याज दिने भएको छ भने सानिमा बैंकले व्यक्तिगत तर्फ ६.४ प्रतिशत र संस्थागत तर्फ ५.१ प्रतिशत ब्याज दिने भएको छ।

त्यस्तै सिटिजन इन्टरनेशनलले व्यक्तिगत तर्फ ६.७५ प्रतिशत र संस्थागत तर्फ ५.७५ प्रतिशत, सिद्धार्थ बैंकले व्यक्तिगत तर्फ ६.७५ प्रतिशत र संस्थागत तर्फ ५.५ प्रतिशत र प्रभु बैंकले व्यक्तिगत तर्फ ७ प्रतिशत र संस्थागत तर्फ ६ प्रतिशत ब्याज दिने भएको छ। 

नयाँ ब्याजदर अनुसार साउनका लागि हिमालयन बैंकले व्यक्तिगत तर्फ ७.५ प्रतिशत र संस्थागत तर्फ ६.५ प्रतिशत, एनएमबी र एनआईसी एशिया बैंकले व्यक्तिगत तर्फ ७.५३ प्रतिशत र संस्थागत तर्फ ६.५३ प्रतिशत ब्याज दिने भएका छन्।

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update