Mero Chitwan
चितवन मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम सुरु

 चितवन : चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालमा आजदेखि स्वास्थ्य बीमा कार्यक्रम पुनः सुरु भएको छ ।

अस्पतालले आज पत्रकार सम्मेलन गरी स्वास्थ्य बिमा कार्यक्रम पुनः सुरु भएको जानकारी दिएको हो । बिमा कार्यृक्रम पुनः सुरु गर्नेसम्बन्धमा अस्पतालले गत जेठ १८ गते स्वास्थ्य बीमा बोर्डसँग सम्झौता गरेको थियो । 


कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले ५ बर्षसम्म चलेको स्वास्थ्य बीमा कार्यक्रम बीचमा दुई बर्ष रोकिएपछि पुनः सञ्चालन गरेको बताए ।

बीमा गरेका बिरामी टाढा टाढाबाट समेत आउने गरेको तर, बीमाको सुविधा नहुँदा समस्या पर्ने कुरालाई मध्यनजर गर्दै यो सेवा पुनः नियमित गरिएको उनले बताए । देवकोटाका अनुसार इमर्जेन्सीमा आउने बाहेकले पहिलो विन्दु तोकिएको अस्पतालबाट रिफर ल्याउनुपर्ने हुन्छ।


स्वास्थ्य बीमा बोर्डले बीमा मार्फत उपचार सुविधा लिँदा निजी अस्पतालमा २० प्रतिशत रकम बिरामीले भुक्तानी गर्नुपर्ने नियम लगाएको छ ।

सोही अनुसार स्वास्थ्य बीमा गरेका बिरामीले सीएमसीमा उपचार गर्दा २० प्रतिशत खर्च आफैं व्यहोर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत देवकोटाले बताए ।

अस्पतालका निर्देशक डा दयाराम लम्सालले २० भन्दा बढी सुपर स्पेसलिष्ट सेवा अस्पतालबाट उपलब्ध भएको जानकारी दिए ।

कलेजले गत आर्थिक बर्षमा मात्रै ५ करोड ६१ लाख ८ हजार ४१३ रुपैयाँ बराबरको उपचार निशुल्क गरेको दाबी गरेको छ । विपन्न, असाहय र गरीबलाई उपचारमा छुट गरिएको कलेजले जनाएको छ ।

सीएमसीबाट गत आर्थिक वर्षमा ओपीडीबाट एक लाख ८४ हजार २८ जनाले सेवा लिएका थिए । तीमध्ये ५९ हजार ५५१ नयाँ र एक लाख ७ हजार ३९९ जना फलोअप बिरामी रहेका जनाएको छ । यस अवधिमा १७ हजार ७८ जनाले आकस्मिक सेवा लिएको अस्पतालले जनाएको छ ।

अस्पतालले आज पत्रकार सम्मेलन गरी स्वास्थ्य बिमा कार्यक्रम पुनः सुरु भएको जानकारी दिएको हो । बिमा कार्यृक्रम पुनः सुरु गर्नेसम्बन्धमा अस्पतालले गत जेठ १८ गते स्वास्थ्य बीमा बोर्डसँग सम्झौता गरेको थियो । 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update