२० करोड ३७ लाख मुल्य बराबरको कोकिनसहित विदेशी महिला पक्राउ
काठमाडौँ : काठमाडौँको ठमेलबाट करिब ६ किलो कोकिनसहित विदेशी नागरिक पक्राउ परेका छन् ।
प्रहरीले काठमाडौँको ठमेलस्थित होटलमा खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध कोकिन जस्तो देखिने ५ केजी ८२० ग्रामसहित मलेसियाकी महिलालाई पक्राउ गरेको हो ।
सो लागूऔषध करिब २० करोड ३७ लाख बराबरको रहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति: आइतबार, असार ३०, २०८१ १८:४१
प्रतिक्रिया दिनुहोस्