Mero Chitwan
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार

एजेन्सी–अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । 

बीबीसीका अनुसार पेन्सिलभेनियाको बटलरमा राजनीतिक र्‍यालीमा सहभागी भइरहेका बेला उनीमाथि गोली प्रहार भएको हो। गोली उनको कानमा लागेको छ । 

गोली प्रहारलगत्तै पुरुष आक्रमणकारीको पनि गुप्तचर सेवाका अधिकारीहरुको गोली प्रहारबाट मृत्यु भएको छ। ट्रम्पले आफूमाथि आक्रमण भएपछि तत्काल प्रतिक्रिया जनाउने सेक्रेट सर्भिसलाई धन्यवाद दिएका छन् । आक्रमणकारीले स्टेजतर्फ थुप्रै राउन्ड गोली प्रहार गरेको बताइएको छ ।

यो घटनालाई ट्रम्पको हत्या प्रयासका रुपमा लिएर अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् । 

 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  ०७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update