Mero Chitwan
त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजी सुरु

काठमाडौँ-चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट हिजो त्रिशूलीमा खसेका दुई वटा बस र यात्रुको खोजी आज पुन: सुरु गरिएको छ । नेपाली सेना र सशस्त्र प्रहरीका गोताखोर र नेपाल प्रहरी घटनास्थलमा पुगेर खोजी सुरु गरेका हुन् ।

हिजो दिनभरको प्रयासपछि पनि बस र यात्रु फेला परेका थिएनन् ।  काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स नदीमा खसेका हुन् । 

एन्जल डिलक्समा २४ यात्रु  र गणपति डिलक्समा ३१ जना यात्रु सवार थिए ।  गणपति डिलक्सबाट हाम फालेर निस्केका ३ रौतहटका नन्द दास, जोगेश्वर राय यादव र सुरज गुप्ता भने प्रहरीको सम्पर्कमा छन् । उनीहरुको भरतपुरका अस्पतालमा उपचार भइरहेको छ । 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  ०७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update