Mero Chitwan
पीएसजीले जित्यो १२ औँ पटक फ्रेन्च सुपर कपको उपाधि

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले कीर्तिमानी १२ औं पटक फ्रेन्च सुपर कपको उपाधि जितेको छ । टुलुजविरुद्ध २-० को सहज जित हात पार्दै पीएसजी च्याम्पियन बनेको हो ।

यस खेलमा एक गोल गरेका केलियन एमबाप्पे पार्क डेस प्रिन्सेसमा पीएसजीका लागि सर्वाधिक गोल गर्ने खेलाडी बने ।

ली काङ-इनले खेलको तेस्रो मिनेटमै गोल गर्दै लिग वान च्याम्पियनलाई सुरुवाती अग्रता दिलाए । भिटिन्हाको उत्कृष्ट क्रसमा डेम्बेलेले मिलाएको बलमा लीले पोस्ट नजिकबाट गोल गरे । यसै खेलमार्फत ओस्मान डेम्बेले १५ दिन पछि पिचमा फर्किएका थिए ।

४४ औं मिनेटमा एम्बाप्पेले अर्को गोल गर्दै अग्रता दोब्बर पारे यो उनको घरेलु मैदानमा १ सय ११ औं गोल थियो । एम्बाप्पेले २५ गजको दूरीबाट टुलुजका डिफेन्डरलाई छक्काउँदै गोल गरे । पहिलो हाफमा पीएसजी २-० ले अघि रहृयो ।

ब्राजिलका डिफेन्डर लुकास बेराल्डोले दोस्रो हाफमा पीएसजीबाट डेब्यू गरे । दोस्रो हाफमा दुबै टोलीबाट गोल हुन नसक्दा पीएसजी च्याम्पियन बनेको हो ।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  ०८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update