चितवन : चितवनको नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले पुरिएर त्रिशूली नदीमा बेपत्ता दुवै बसमा सवार यात्रुको पहिचान खुलेको छ ।
प्रदेश-०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र प्रदेश ०३००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा सवार यात्रुहरूको पहिचान खुलेको हो ।
काठमाडौं गौर बसमा सवार नन्दूसहित ५ जना, अमृतासहित २ जना, हरिश्चन्द्रसहित २ जना, शम्भु नवीनसहित ४ जना, राजु पट्टेल, नन्दन दास, प्रिन्स जैसवाल, सिकेन्द्र, वकिल खाँ, ओम, राजकिशोर, शैलेन्द्र, फिरोज राहुमिया, बसधनी राकेश जैसवाल, किशोर कुमार चौधरी चालकसँगै बसका सहचालक र नाम थर नखुलेका एक जना रहेको चलानीका आधारमा जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यसैगरी, वीरगन्ज काठमाडौं बसमा सवार जाहिर महत्तो, राजेन्द्र केसी, अरविन दुवे, हरिन्द्र पण्डित, प्रमान्द्र, हर्दनारायण राउतसहित तीन जना, सालिन मियासहित २ जना, रैजुल आलमसहित दुई जना, कुलदीपसहित दुई जना, अन्सारीसहित दुई जना भारतीय नागरिक, भारतीय नागरिक सन्तोष ठाकुर, सुरेन्द्र शाहा, आदित मिया, सुनिल, सहनुवाज आलमलगायत नाम नखुलेका सहचालक र प्रकाशसमेत दुई जना छन् ।