पहिरोमा परी बेपत्ता भएकाहरूका आफन्तलाई होटल संघले निःशुल्क खाने, बस्ने व्यवस्था गर्ने
चितवन : होटल व्यवसायी संघ चितवनले नारायणगढ-मुग्लिन सडक खण्डको पहिरोमा परि वेपत्ता भएकाहरुको आफन्तलाई निशुल्क खाने बस्ने व्यवस्था गरेको छ ।
पहिरोमा परि वेपत्ता भएकाहरुको खोजी र उद्धारमा सहयोग पुयाउने उदेश्यले होटल व्यवसायी संघ चितवनले सो निर्णय गरेको हो ।
वाढि पहिरो लगायतका प्राकृतिक प्रकोप अकस्मात हुने घटना भएकोले पहिरोमा परि वेपत्ता भएका आफन्तको खोजि कार्यको लागि आउँदा भनेको समयमा पैसा नहुने र पैसा नभएकै कारण आफन्तको खोजि कार्य नरोकियोस् भन्ने हेतुले वेपत्ताका आफन्तलाई चितवनका होटलहरुमा निशुल्क खाना वस्नको व्यवस्था गरिएको संघले जनाएको छ ।
साथै अन्य विभिन्न सरोकारवालाहरुलाई पनि पहिरोमा परि वेपत्ता भएकाहरुको खोजी कार्यमा आ-आफ्नो ठाउँवाट सक्दो सहयोग गर्न पनि संघले अपिल गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१ १६:०८
प्रतिक्रिया दिनुहोस्