Mero Chitwan
पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन : निरन्तर परेको वर्षासँगै पहिरो खसेपछि अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।आज बिहान एक बजेदेखि अवरुद्ध सडकखण्ड सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । चितवनको इच्छाकामना गाउँपालिका कालिखोलाको पहिरो पन्छाएर दुइतर्फी र भरतपुर महानगरपालिका–२९ सिमलतालमा एकतर्फी यातायात सञ्चालनमा आएको छ ।

सिमलतालमा दुइतर्फी यातायात खुलाउने गरी पहिरो पन्छाउने काम भइरहेको छ । सडक अवरुद्ध भएपछि अलपत्र परेका यात्रु सडक सञ्चालनमा आएसँगै आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् । 

सिमलतालको पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसको खोजीकार्य जारी छ । 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update