Mero Chitwan
त्रिशुलीमा बेपत्ता बस र यात्रुको खोजी जारी, सशस्त्र र नेपाली सेनाका गोताखोर परिचालन

चितवन-नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोले बगाएका दुई बस र यात्रुको खोजी जारी छ ।  

बसको खोजीका लागि सशस्त्र प्रहरी र नेपाली सेनाको गोताखोर परिचालन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोरसहितको टोलीले खोजी सुरु गरेको हो । शिक्षालयबाट ७ गोताखोरसहित २५ जनाको टोली परिचालन गरिएको हो ।

सडकको लेदोसहितको पहिरो पन्छाएर सडक एकतर्फी खुलाइएको छ । 

वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको बागमती प्रदेशको १५१६ नम्बरको एन्जल डिलक्सको यात्रुवाहक बस र काठमाण्डौबाट गौरतर्फ जांदै गरेको गणपति डिलक्सको बस पहिरोले बगाएको आशंका छ ।

दुवै बसमा सवार ६५ जनाको अवस्था अज्ञात छ । तीन यात्रु भने हामफालेर बाँच्न सफल भएकाे प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  ०९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update