नारायणी नदीले नारायणगढ र देवघाटमा नाघ्यो सतर्कता तह
चितवन-पहाडी जिल्लामा भएको भारी वर्षाका कारण बाढी आउँदा नारायणगढ र देवघाटमा नारायणी नदीले सतर्कता तह नाघेको छ ।
जल तथा मौसम विज्ञान विभागको देवघाट जलमापन केन्द्रका अनुसार नारायणी नदीको जलसतह ८.७ मिटर पुगेको छ । यहाँ ७.३ मिटर माथिको जलसतहलाई सतर्कता तह र ९ मिटर माथिको जलसतहलाई खतराको तह मानिन्छ ।
त्यस्तै, नारायणीमा आएको बाढीले नारायणगढस्थित नारायणी पुलमा ११.६७ मिटर जलसतह नाघेको छ । यहाँ ११ मिटर जलसतहलाई सतर्कता तह मानिन्छ ।
प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१ ०८:३०
प्रतिक्रिया दिनुहोस्