Mero Chitwan
प्रधानमन्त्री दाहालले आज पाँचौपटक विश्वासको मत लिँदै

काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदैछन् । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन् ।

२०७९ पुस १० गते पहिलो पटक नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री भएका दाहालले पाँचौपटक विश्वासको मत लिन लागेका हुन् ।

नेपाली कांग्रेस र एमालेले यही असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति गरेका थिए । त्यसलगत्तै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । 

प्रधानमन्त्रीले विश्वासको मत लिन लागे पनि उनको प्रस्ताव भने पारित हुने देखिँदैन । दाहालका पक्षमा माओवादी केन्द्र सहित राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादी मात्र देखिएका छन् । यी तीन दलको ६३ सिट छ । विपक्षमा कांग्रेस, एमाले, राप्रपासहितका अन्य साना दल उभिएका छन्। 

यसअघि दाहालले २०७९ पुस २६, २०७९ साल चैत ६, २०८० साल फागुन ३० र २०८१ साल जेठ ७ गते  विश्वासको मत लिएका थिए ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  ०८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update