Mero Chitwan
नारायणगढ–मुग्लिन सडकमा पहिरोले बगाउँदा दुई वटा बस त्रिशूलीमा बेपत्ता

चितवन- नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो बगाउँदा दुईवटा बस  त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६३  रहेको बताइएको छ ।

घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उहाँका अनुसार काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् । 

प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१  र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उनले उद्धारको काम थालिएको र पहिरो पन्छाउन सुरु गरिएको बताए । ती बसमा रहेका यात्रुको  यकिन विवरण प्राप्त भइ नसकेको यादवले बताए । 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  ०६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update