Mero Chitwan
एमाले टाढिएपछि समाजवादी मोर्चालाई सक्रिय बनाउँदै दाहाल

काठमाडौँ- प्रमुख कम्युनिष्ट घटक एमाले टाढिएपछि र सत्ताबाट बाहिरिने दिन नजिकिँदै जाँदा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले समाजवादी मोर्चालाई सक्रिय बनाउनेबारे छलफल थालेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ भएको छलफलमा समाजवादी मोर्चालाई सक्रिय बनाउने विषयमा नेताहरूबीच अनौपचारिक कुराकानी भएको जनाइएको छ । समाजवादी मोर्चालाई सक्रिय बनाउँदै व्यवस्थित बनाउने र मोर्चालाई देशभर विस्तार गर्ने विषयमा सैद्धान्तिक छलफल भएको  नेताहरुले जनाएका छन् । यसबारे पुन बैठक बसेर थप निर्णय लिने पनि सहमति भएको छ। 
     
मोर्चालाई सक्रिय बनाएर सातै प्रदेशमा सङ्गठन विस्तारबारे लैजाने नेताहरुको तयारी छ । छलफलमा प्रधानमन्त्री दाहाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लब, नेपाल समाजवादीका अध्यक्ष यादवसहितका नेता सहभागी थिए । 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  २२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update