Mero Chitwan
माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

काठमाडौं : नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ। संसदीय दलको बैठक आज दिउँसो २ बजेका लागि बोलाएको हो।

सत्ताबाट बाहिरिने अवस्थामा रहेको माओवादीले पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न संसदीय दलको बैठक बोलाएको जनाएको छ।

स्पष्ट अल्पमतमा परेका माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संसदबाट विश्वासको मत लिने तयारी गरेका छन्।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update