Mero Chitwan
गल्छीदेखि नौबिसेसम्म असार २६ देखि रातभर यातायात रोकिने

चितवन–पुल निर्माण कार्य अघि बढाउनुपर्ने भएपछि पृथ्वी राजमार्गअन्तर्गतको धादिङको गल्छीदेखि नौबिसे खण्डमा राति यातायात आवागमन बन्द गरिने भएको छ । 

गणेश खोला, डाखोला, खेस्टे खोला र पोखरे खोलाका पुल निर्माण गरिने भएपछि उक्त खण्डमा यही असार २६ गतेदेखि साउन ९ गतेसम्म राति यातायात बन्द गरिने भएको हो । 

राजमार्गमा राति १० बजेदेखि बिहान ३ बजेसम्म सवारी आवागमनमा रोक लगाइन लागिएको हो । 

नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्ड आयोजनाले सूचना जारी गर्दै सडक प्रयोगकर्तालाई जोखिम तथा यातायात आवागमनमा जोखिम हुन सक्ने भन्दै  रोक लगाइएको जनाएको हो । एम्बुलेन्स र सुरक्षा निकायका गाडीलाई भने नरोकिने जनाइएको छ। आयोजनाले गल्छी हुँदै विदुर छहरे टोखा वैकल्पिक सडक प्रयोग गर्नसमेत आग्रह गरेको छ। 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  २२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update