मुकुल ढकालमाथिको थप कारबाहीबारे छलफल गर्न रास्वपाको बैठक जारी
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बसिरहेको छ ।
पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा जारी बैठकमा महामन्त्री मुकुल ढकालमाथिको कारबाहीका बारेमा छलफल भइरहेको जनाइएको छ ।
यसअघि बसेको केन्द्रीय समिति बैठकले अनुशासन उल्लंघनको आरोपमा ढकाललाई निलम्बन गरेको थियो । अनुशासन आयोगको सिफारिसका आधारमा थप कारबाही गर्ने वा निलम्बन फुकुवा गर्ने विषयमा निर्णय लिइने रास्वपाका नेताहरुले बताएका छन् ।
त्यस्तै पछिल्लो राजनीतिक अवस्थाबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, असार २५, २०८१ १२:२२
प्रतिक्रिया दिनुहोस्