Mero Chitwan
चलचित्र ‘मोदीबेनी’को गीत ‘मन्जुरी’ सार्वजनिक

काठमाडौँ- शङ्कर कोइरालाद्वारा निर्देशित चलचित्र ‘मोदीबेनी’ को पहिलो गीत ‘मन्जुरी’ सार्वजनिक भएको छ । आगामी साउन १८ गते प्रदर्शन हुन लागेको चलचित्रको गीत औपचारिक रुपमा सार्वजनिक गरिएको हो । 

सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरिनुका साथै चलचित्रले उठाएका विषयवस्तुका बारेमा चर्चा गरिएको हो । म्युजिक भिडियो र वृत्तचित्र सम्पादक र निर्देशनको परिचय बनाएका कोइरालाको ‘मोदीबेनी’ पहिलो चलचित्र निर्देशन हो । चलचित्रमा दिलीप केसी र हरि श्रेष्ठ निर्माता छन् भने वर्षा शिवाकोटी र अमरप्रताप श्रेष्ठ मुख्य भूमिकामा छन् । 

 निर्देशक कोइरालाले चलचित्रमा दर्शकको भावना र वर्तमान परिवेशअनुसारको प्रस्तुति दिने प्रयास गरिएको बताए । 'सार्वजनिक गीत मन्जुरीमा वर्षा र अमरको प्रेम अङ्कुरणको प्रशङ्गलाई चर्चा गरिएको छ;, उनले भने । 

 एसडी योगी र विज्ञान पराजुलीको आवाजमा रहेको उक्त गीतको सङ्गीत गायक एसडीको छ । राम अविरल विष्टको शब्द रचना र सङ्गीत निर्मातामा रिकेश गुरुङ छन्। 

 किरण थापाले कोरियोग्राफी गरेको गीतमा उत्सव दाहालले छायाङ्कन र भरत रेग्मीले सम्पादन गरेका छन्। 

   चलचित्रमा अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, लविस गर्तौला, शेरबहादुर बराल, रोजी श्रेष्ठ, हिउवाला गौतम, स्नेहा भट्टराईलगायतले अभिनय गरेका छन् । 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  २२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update