Mero Chitwan
गौतमबुद्ध रंगशाला : थप १ करोड ८० लाख बजेट निकासा गर्ने बागमती सरकारको निर्णय

चितवन : बागमती प्रदेश सरकारले चितवनको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई थप १ करोड ८० लाख बजेट निकासा गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले  उक्त निर्णय गरेको हो । 

प्रदेश सरकारले यसअघि सामाजिक विकास मन्त्रालय मार्फत् रंगशाला निर्माणका लागि ५ करोड रुपैयाँ बजेट पठाएको थियो । थप रकम सोमबार नै भरतपुर महानगरपालिकालाई रकमान्तर हुनेछ । 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  ०८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update